राजनीति


‘कान्छाराम कन्स्ट्रक्सन’मा आबद्धता देखिए राजनीति छाड्छु : राज्यमन्त्री तामाङ

‘कान्छाराम कन्स्ट्रक्सन’मा आबद्धता देखिए राजनीति छाड्छु : राज्यमन्त्री तामाङ

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १७:१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्सन’ दुई वर्षअगाडि नै छाडेको बताएका छन्।

भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसका सभापतिसमेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए। 

महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएकोले स्पष्ट पार्नुपर्ने माग गरेका थिए। राज्यमन्त्री तामाङले जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्सन’ कम्पनीसँगको आबद्धता साढे दुई वर्षअगाडि नै छाडेको स्पष्टीकरण दिए। 

पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको उनको दाबी थियो।

‘कान्छाराम कन्स्ट्रक्सन प्रालिमा दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हुँ। म अहिले पार्टीले पठाएर सरकारको ऊर्जा राज्यमन्त्री छु। कानुनभन्दा ठूलो केही छैन। कानुनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेसा-व्यवसाय र परिवारसँग काम गर्न तयार छु,’ उनले भने, ‘मेरो कम्पनी २०४४ माघ १९ मा दर्ता गरेको हो। साढे दुई वर्षअघि त्यो पेसा छाडेर बाहिर छु। २०७९ को सांसदको टिकट पाउनुभन्दा पहिला कम्पनीबाट निस्केको छु। अहिले कानुन, नीति नियम र नेपालको संविधानले कम्पनीमा आबद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad