राजनीति


ऊर्जा राज्यमन्त्री तामाङको ठेकेदार कम्पनी कालोसूचीमा

ऊर्जा राज्यमन्त्री तामाङको ठेकेदार कम्पनी कालोसूचीमा

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार ७:४६, काठमाडौँ

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखिएको सूचना आज प्रकाशित गरेको छ।

उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।

कोसी राजमार्ग विस्तार तथा मर्मतको काम ठेक्का लिएका उनले बारम्बार म्याद थप र ताेकता गर्दा पनि वास्ता नगरेपछि सडक डिभिजनले ठेक्का तोडेको  छ। उनले कान्छाराम एनबी जेभीका नाममा याक्का चोकदेखि पिलुवासम्मको १४ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो।

अब उनको कम्पनीले २ वर्ष ६ महिनासम्म नेपाल सरकारका कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यमा सहभागी हुन पाउने छैन।

ठेकेदार तामाङ रामेछापबाट कांग्रेसका निर्वाचित सांसद हुन्। उनी सरकारी ठेक्का लिएर समय र गुणस्तरको पालना नगर्ने काममा बदनाम छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad