राजनीति


कीर्तिपुरको मेयरमा रास्वपाबाट जयराम कार्की सिफारिस

कीर्तिपुरको मेयरमा रास्वपाबाट जयराम कार्की सिफारिस

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १५:१०, काठमाडौँ

स्थानीय तहका लागि आगामी मंसिर १६ गते हुन गइरहेको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जयराम कार्कीको मात्रै उम्मेदवारी परेको छ।

रास्वपाले उम्मेदवार बन्न इच्छुकलाई आवेदन आह्वान गरेकोमा कीर्तिपुर नगरपालिका प्रमुखका लागि कार्कीको मात्रै उम्मेदवारी परेको हो।

उनको मात्रै आवेदन परेपछि एकल नामलाई केन्द्रमा सिफारिस गरिएको रास्वपा निकट स्रोतले जानकारी दियो। यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी छ।

कार्की रास्वपाको कीर्तिपुर नगर कमिटी सभापति समेत हुन्। उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौँ जिल्ला सदस्य निर्वाचित भएका थिए।

कांग्रेस छोडेर उनी रास्वपामा सक्रिय भएका हुन्। उनले टौदह पर्यटन समिति अध्यक्ष र नौमुले खानेपानी समितिको अध्यक्ष समेत भएर काम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad