मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ।
सप्तरी, धनुषा, महोत्तरी र रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ मा उप निर्वाचन हुनेछ।
त्यसैगरीधनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।
105
Shares

प्रतिक्रिया