राजनीति


रास्वपाका यी सात नेताले सम्हाल्नेछन् उपनिर्वाचनको ‘चुनावी कमाण्ड’

रास्वपाका यी सात नेताले सम्हाल्नेछन् उपनिर्वाचनको ‘चुनावी कमाण्ड’

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १५:४०, काठमाडौँ

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातवटै प्रदेशमा चुनावी कमाण्डरहरू तोकेको छ।

केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन संयोजन समितिको बुधबार बसेको बैठकले सात प्रदेशमा उपनिर्वाचन परिचालनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो। 

जसअनुसार सांसद निशा डाँगीलाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ।

मधेस प्रदेशमा डा. चन्दा कार्कीले उपनिर्वाचन परिचालनको जिम्मेवारी पाएकी छिन्। बागमतीमा शिशिर खनाल र गण्डकीमा विन्दवासिनी कांसकारलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ।

त्यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठले त्यसको जिम्मेवारी पाएका छन्।

त्यस्तै, बैठकले प्रारम्भिक निर्वाचनको तालिका निर्धारण गरेको छ।

प्रारम्भिक निर्वाचनका लागि  कात्तिक २२ देखि २५ गतेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने कात्तिक २८ गते मतदान र निर्णय हुने सांसद पराजुलीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad