राजनीति


प्रस्तावित राजदूत ओलीलाई चीनबाट आयो अग्रिमो, प्रधानमन्त्रीको भ्रमणअघि नै पठाउने तयारी

प्रस्तावित राजदूत ओलीलाई चीनबाट आयो अग्रिमो, प्रधानमन्त्रीको भ्रमणअघि नै पठाउने तयारी

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १५:४१, काठमाडौँ

चीनका लागि सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदनसमेत भइसकेका चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओलीको अग्रिमो आएको छ। तिहारकै बीचमा ओलीले अग्रिमो पाएका हुन्। 

सरकारले गत साउनमा चीनसहित १९ देशका लागि राजदूत सिफारिस गरेको थियो। ओली चीनका लागि सिफारिस भएका थिए। 

तिहार र छठको बिदा परेका कारण अग्रिमो राष्ट्रपति कार्यालय भने पुगिनसकेको शीतलनिवास स्रोतले जानकारी दियो। 

प्रधानमन्त्री केपी  शर्मा ओलीको चीन भ्रमणअघि नै राजदूत ओलीको नियुक्ति र शपथको प्रक्रिया पूरा गरी उनलाई चीन पठाउने तयारी सरकारले गरेको छ। 

संसदीय सुनुवाइ समितिले गत असोज ३ मा ओलीसहित १६ देशका लागि सिफारिस भएका राजदूतको नाम अनुमोदन गरेको थियो। 

तीमध्ये पाकिस्तानमा रिता धिताल, कतारमा रमेशचन्द्र पौडेल र इजरायलमा धनप्रसाद पण्डितलाई राष्ट्रपतिले नियुक्त गरिसकेका छन्। 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको सहजीकरण गर्न पनि राजदूतलाई चाँडो चीन पठाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

चिनियाँ प्रधानमन्त्री ली छ्याङको तर्फबाट आएको भ्रमणको औपचारिक निम्तो प्रधानमन्त्री ओलीले पाइसकेका छन्। मंसिर १७–२१ को मितिमा ओलीको चीन भ्रमणको तयारी भइरहेको छ। 

तर, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ। यद्यपि, ओलीको भ्रमणका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाएर तयारी थालिसकेका छन्। 

परराष्ट्र मन्त्रालयले सबै गृहकार्य सकिएपछि दुवै देशले प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा गर्ने बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad