राजनीति


सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

नेपालखबर
फागुन २८, २०७६ बुधबार १३:२४,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

सार्कप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो-याउँदै उनले १९औँ शिखर सम्मेलन यथाशीघ्र होस् भन्ने नेपालको चाहना रहेको र सार्कको वर्तमान अध्यक्षका नाताले शीघ्रातीशीघ्र उक्त सम्मेलन आयोजना गर्ने वातावरण तयार गर्न नेपालले सदस्य राष्ट्रसँग परामर्श गरिरहेको जानकारी उनले दिए। सार्क क्षेत्रका साझा चुनौतीबाट पार पाउन र यस भेगको आर्थिक विकासका अथाह सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्नु अपरिहार्य भएको विचार व्यक्त गरे।

महासचिवमा आफूलाई अनुमोदन गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै उनले महासचिवको जिम्मेवारी निर्वाहका निम्ति आफूलाई नेपाल सरकारबाट आवश्यक मार्गदर्शन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। सार्कको १४औँ महासचिवका रुपमा यही फागुन १८ गतेदेखि उनले कार्यभार सम्हालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad