जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीको झण्डै ७० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बताएकी छन्।
बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य प्रणालीमा अति बोझ पर्न दिन नहुने बताइन्।
‘सबै युरोपेली मुलुकमा संक्रमण फैलिसकेको छ। जर्मनीको ६० देखि ७० प्रतिशत जनसंख्यामा संक्रमण फैलिन सक्ने अनुमान स्वास्थ्य अधिकारीहरुको छ,’ उनले भनिन्।
जर्मनीले यो संकटलाई विकेन्द्रीकृत शैलीमा सामना गर्ने उनको भनाइ थियो।
अन्य मुलुकहरुले पनि रोक नियन्त्रणका लागि अनुसन्धानमा जोड दिनुपर्ने उनले बताइन्। एजेन्सी
3
Shares

प्रतिक्रिया