राजनीति


सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने–अध्यादेशको तयारी छैन

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने–अध्यादेशको तयारी छैन

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १२:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलहरु विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउनेबारे कुनै तयारी नभएको सत्तासाझेदार दलहरुलाई जानकारी गराएका छन्।   

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे कुरा उठेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता इस्तियाक  राईले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले बिपक्षी दलका नेताहरुले समेत ज्ञापनपत्र बुझाउँदा अध्यादेशको कुरा उठाएको भन्दै त्यसबारे अहिले कुनै छलफल नभएको जानकारी गराएका थिए। 

‘सरकारले आवश्यक परे ल्याउन सक्छ तर त्यस्तो कुरा अहिले हामीले गरेका पनि छैनौं,’ ओलीले बैठकमा भनेका थिए। कानुनको शून्यता अहिले रहे पनि त्यसको तयारी नभएको भनेर आफूले विपक्षी दलका नेताहरुलाई समेत भनेको ओलीको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad