राजनीति


विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १२:५३, काठमाडौँ

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। 

सिंहदरबारस्थित समितिको हलमा बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची छ। 

विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनालका अनुसार समितिको आन्तरिक कार्यविधिका विषयमा आज छलफल हुन लागेको हो।  

२०७५ मा बनेको कार्यविधि अनुसार हाल समिति चलिरहेको छ। समितिको नयाँ कार्यविधि (२०८१) को ड्राफ्ट तयार भएको र त्यसैमा आज छलफल हुने खनालले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad