सत्ता गठबन्धनका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।
एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत छन्।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन्।
प्रधानमन्त्री ओलीले यसअघि एमाले बैठकमा सरकार ढाल्ने खेल भइरहेको ब्रिफिङ गरेका थिए। उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएकोले सचेत हुन पनि नेताहरूलाई भनेका छन्।
तर, सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीको दाबी थियो।
सचिवालय बैठकमा ओली : सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस्
यसैबीच प्रधानमन्त्री ओली राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरी दल विभाजन गर्न मिल्ने व्यवस्थाका लागि प्रयासरत छन्। यसका लागि उनले कांग्रेसलाई विश्वासमा लिन खोजिरहेका छन्। तर, कांग्रेसले यसबारे कुनै अडान सार्वजनिक गरिसकेको छैन।
Shares

प्रतिक्रिया