राजनीति


खुल्यो हेटौंडा–काठमाडौं आवत जावत गर्ने कुलेखानी सडक

खुल्यो हेटौंडा–काठमाडौं आवत जावत गर्ने कुलेखानी सडक

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार २०:३१, हेटौंडा

मर्मतका लागि ३ दिनका लागि बन्द गरिएको हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलाको डाइभर्सन मर्मतपछि आइतबार (आज) साँझबाट सडक सञ्चालनमा आएको हो।

असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी वैकल्पिक मार्ग खुलाईएको थियो। उक्त मार्ग भासिएर गाडि चलाउन मुस्किल भएपछि पुनः सोही स्थानमा मर्मत गरिएको प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ। मर्मत पछि अब दुवैतर्फ सवारी चलाउन मिल्ने भएको बताइएको छ।

डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कार्तिक २ गतेबाट ३ दिन बन्द गरिएकोमा सडक मर्मतगरी आइतबार साँझबाटै सञ्चालनमा ल्याउन सकिएको मकवानपुर प्रहरीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जनाकारी दिए।

उनका अनुसार तीव्र रुपमा काम हुँदा तोकिएको समय अगावै डाइभर्सन मर्मतको काम सकिएर सडक सञ्चालनमा आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad