राजनीति


एकीकृत समाजवादीको आन्तरिक एकता बलियो बनाऔँ : जीवनराम श्रेष्ठ

एकीकृत समाजवादीको आन्तरिक एकता बलियो बनाऔँ : जीवनराम श्रेष्ठ

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १७:१२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले पार्टीलाई आन्तरिक रुपमा एकताबद्ध बनाउनुपर्ने बताएका छन्।

नेता श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) आन्तरिक रुपमा एकतावद्ध हुन नसकेको बताउँदै उनले दसौँ महाधिवेशनको म्यान्डेड विपरित पार्टीको पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी चयन भएका कारण पार्टीभित्र एकताको सन्देश जान नसकेको बताए। 

‘हामीले यो पार्टीलाई जन्म दिदाँ जे लक्ष्य, उद्देश्य र कार्यक्रम बोकेका हौँ। विचार बोकेका हौँ। त्यो दिशामा यो पार्टीलाई अगाडी बढाऔँ। महाधिवेशनले जुन खालको उत्साह, उमंग र सक्रियता आउनुपर्ने हो त्यसमा यसले निराशामा रुपान्तरण गर्ने काम ग¥यो। ती कुराहरूलाई अन्त्य गर्नुपर्छ र सबैलाई समेटेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर लानुपर्छ। त्यसैले हामीले गरेका कामहरूको समीक्षा गरौँ। महाधिवेशनको हलको म्यान्डेडलाई हेरौँ। त्यो अनुसार पार्टीलाई अगाडी बढाऔँ भन्ने हिसाबले ज्ञापन पत्र दियौँ। नेतृत्वसँग बसेर छलफल ग¥यौँ। नेतृत्व पार्टीलाई बलियो बनाएर जानुपर्छ,’ उनले भने।

नेता श्रेष्ठले तीनवटै कमिटी निष्पक्ष, पादरर्शी र सर्वसम्मत मापदण्डका आधारमा नबनेकाले यसमाथि समीक्षा गर्नुपर्ने बताए। 

‘सबैको भूमिकालाई समेटेर, एकताबद्ध बनाएर जानुपर्छ भन्नेमा नेतृत्वको सकारात्मक भावना हामीले पाएका छौँ। महाधिवेशनको हलबाट दिएको सर्वसहमतीको म्यान्डेड थियो। त्यो म्यान्डेडलाई उल्लंघन गर्ने कसैको पनि अधिकार छैन। किनभने महाधिवेशन नै सर्वोच्च निकाय हो,’ नेता श्रेष्ठले भने, ‘महाधिवेशनको म्यान्डेडलाई हामी सबैले सम्झौँ। हेरौँ। समीक्षा गरौँ हाम्रा कामहरूको। विद्रोह गरेर पार्टी गठन गर्दा हामीले अगाडी सारेका मुद्दाहरू थिए, जुन विचार र कार्यक्रमहरू थिए। ती कुराहरूलाई हामीले कसरी अगाडी बढायौँ? कत्तिको सफल हुन सक्यौँ? कत्तिको संगठनलाई हामीले त्यो ढंगबाट विस्तार गर्न सक्यौँ। यो कुरालाई पनि समीक्षा गरौँ। समग्रतामा समीक्षा गरौँ। ताकि भोलि पार्टीलाई बलियो बनाउनका लागि, पार्टीलाई विस्तार गर्नका लागि।’

नेता श्रेष्ठले नेपाली समाजलाई समाजवादमा पु¥याउनका लागि एकीकृत समाजवादीको विकल्प नभएको पनि बताए। 

‘नेपाली समाजलाई समाजवादमा पु¥याउनका लागि यो पार्टीले महाधिवेशनबाट स्पष्ट रुपमा पहिलोपल्ट आफ्नो क्रान्तिको कार्यक्रम समाजवादी कार्यक्रम भनेर हामीले ल्याएका छौँ। त्यो लक्ष्यमा पुग्नका लागि पनि यो पार्टीलाई बलियो बनाउनुपर्छ। आजको आवश्यकता हो। नेपाली समाज र राजनीतिको लागि यो पार्टीलाई बलियो बनाउन सकियो भनेमात्र नेपाली जनतामा देखिएका निराशालाई चिर्नसक्छौँ। जनताको समृद्धि र अग्रगमनको चाहाना पूरा हुनसक्छ। त्यसैले यो पार्टीलाई नै बनाउनुपर्छ भन्ने मनसाय छ,’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad