राजनीति


विद्यालय तहदेखि नै ट्राफिक सचेतना जगाउन गृहमन्त्री लेखकको आग्रह

विद्यालय तहदेखि नै ट्राफिक सचेतना जगाउन गृहमन्त्री लेखकको आग्रह

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १७:१४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो।

उनले अपराध गरेकाहरुलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए।

आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारे।

आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरूलाई सम्झाइबुझाई काम गर्न निर्देश गरे।

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

उनले भने, ट्राफिक प्रहरीको बारेमा पनि ट्राफिक रुल्सहरूको बारेमा, नियमहरूको बारेमा सचेतना गर्न पनि जरुरी छ। तपाईंहरुले यसलाई विद्यालयसँग पनि जोड्नुभएको छ। यसलाई थप विद्यालयसँग जोड्दै जानुपर्दछ भन्ने मलाई लाग्दछ।’

गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad