राजनीति


सरकार ढल्छ कि भनेर सपना नदेखे हुन्छ : शेखर कोइराला

सरकार ढल्छ कि भनेर सपना नदेखे हुन्छ : शेखर कोइराला

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २०:५३, बेलबारी (मोरङ)

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझावसमेत उनले शनिबार दिउँसो दिएका छन्। 
 
मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे।
 
आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भने, ‘यो सरकार ढल्दैन, चल्छ, यद्यपी  मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ। जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ।’ 

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे। ‘यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ,’ उनले भने। 

सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए।

‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,’ कोइरालाले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad