सिन्दियाले पार्टीबाट राजीनामा दिएसँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा दिएका छन्।
सिन्दियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका हुन्। निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो।
“सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ। मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उनले राजीनामा भनेका छन्।
सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए। मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ।
यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए।

कमलनाथ
मध्य प्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो।
कांग्रेसबाट राजीनामा दिनुअघि सिन्दियाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए।
उनीहरुबीचको भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ।
हाल काँग्रेसको पक्षमा ९४ सांसद छन्। भारतीय जनता पर्टाीको पक्षमा १ सय ७ सांसद छन्।
भाजपाका नेता नारोत्तम मिश्रले यदी कमलनाथको सरकार असफल भए आफ्नो पार्टीले सरकार बनाउने बताएका छन्। टाइम्स अफ इन्डिया

प्रतिक्रिया