टेस्ला डाइगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका विविध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन्।
बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फ प्रमुख – कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ। सम्झौतासँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन भने यसबाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ।
बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदाहरणीय सेवा दिने उद्देश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो ।
नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रतिक्रिया