ad ad

राजनीति


उपसभामुखलाई हटाउन खोजिएको छैन, थिएन : एमाले

उपसभामुखलाई हटाउन खोजिएको छैन, थिएन : एमाले

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १३:४६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे। 

‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ,’ उनले भने। 

रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको उनले बताए। 

‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

उपसभामुखबाट कमजोरी भएको भएपनि अहिले आफूहरूले उठाउन नखोजेको बर्तौलाले जिकिर गरे। 

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ मुख्य सचेतक बर्तौलाले भने। 

प्रतिपक्षी दलले कुनै विषय बाँकी नभएपछि उपसभामुखको विषय बाहिर ल्याएको उनले बताए। 

‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .