ad ad

ग्लोबल


भेनेजुएलामा ३ अमेरिकीसहित ७ विदेशी पक्राउ, राष्ट्रपतिको हत्या योजना बनाएको आरोप

भेनेजुएलामा ३ अमेरिकीसहित ७ विदेशी पक्राउ, राष्ट्रपतिको हत्या योजना बनाएको आरोप

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो


नेपालखबर
भदौ ३०, २०८१ आइतबार १३:५५, काठमाडौँ

भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको जनाएको छ।

साथै तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन्।

बीबीसीका अनुसार उनीहरू सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले सयौँ हतियार पनि बरामद गरिएको दाबी गरेका छन्।

उनले पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको दाबी पनि गरेका छन्। 

अमेरिकाले भेनेजुएलाका १६ अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको दुई दिनपछि यो गिरफ्तारी भएको हो। यी १६ अधिकारी राष्ट्रपति निकोलस मदुरोको निकट मानिन्छन्।

यसैबीच भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .