ad ad

राजनीति


रास्वपा राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि, उपत्यका बाहिरकालाई आवास र यातायातको व्यवस्था

रास्वपा राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि, उपत्यका बाहिरकालाई आवास र यातायातको व्यवस्था

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी दिए। 

उनले भेलामा नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको बताए। केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोसिस गरिएको उनले जानकारी दिए। करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजारभन्दा बढी वडाहरूमा संरचना बनेको दाबी गरे।

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ। राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रीय समितिका सदस्यहरुले नेतृत्व गर्नेगरी उपसमिति बनाई काम गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .