ad ad

राजनीति


खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:४७, काठमाडौँ

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।

बिहीवारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति अम्मरबहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए। उनले आफ्नो अनुकुलतामा कार्यविधि बनाएर अघि बढ्नेकुरा राम्रो नभएको बताए।

उनले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन निर्देशन दिए। फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने पनि बताए।

सभापति थापाले खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेबारेमा समिति नै गम्भीर रहेको बताए। खेलकुदको कानुन नै चाहिएको छैन झैँ गरी अहिले समितिमा कुनैपनि काननहरुको बारेमा चर्चा नै नभएको उनले बताए।

सभापति थापाले भने, ‘तपाईंहरुलाई कानुनको समस्या छ भने ड्राफ्ट गर्नुस्, कसरी फास्ट ट्रयाकमा अघि बढाउने बढाउँछौँ। खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेकुरामा हामी पनि चिन्तित छौँ। तपाईंहरुलाई सहयोग कसरी गर्न सकिन्छ? भनेर नै हामी सोचिरहेका छौँ। कानून केके बनाउनु पर्छ, अहिले कानून बनाउनेमा शिक्षा, सूचनाको आइरहेको छ। खेलकुदको कानून नै चाहिएको छैन की। कतै छलफल नै छैन। स्वास्थ्यमा प्रश्स्त चाहिएको छ तर पनि आउँदैन।’

बैठकमा नेकपा एमालेका सांसद छविलला विश्वकर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिए। उनले समयमै हुन नसक्ने हो भने निश्चित समय निर्धारण गरी सहज रुपमा खेलकुदका गतिविधि अघि बढाउन सकिने बताए। उनले सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिऔँ। अहिले त्यो सम्भावना छैन भने समयभित्रै जानुपर्छ भन्नेमा किन जाने त रु धेरै लामो समय लम्बिने त होइन। कति चाहिने हो रु तपाईंहरुको अध्ययनले के देखाउँछ। कति समयमा त्यो प्रतियोगिता गर्न सम्भव छ रु त्यस किसिमले अघि बढौँ। तर आलटाल गर्ने ठाउँ दिनु हुँदैन। सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि गर्नुपर्छ।’


समितिको बैठकमा बोल्दै  नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्व बढ्दै गइरहेको बताइन्। उनले सिमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले विकास र राष्ट्रको गौरव बढाउँदै आएको बताइन्।

खेल क्षेत्रमा लगानी समस्या रहेको उनको धारणा छ। सांसद शर्माले खेल क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने र खेलाडीलाई रोजगारीको सुनिश्चितता गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘हाम्रो खेलकुद क्षेत्रको महत्व बढ्दै गइरहेको छ। सिमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले वास्तवमै भन्ने हो विकास र राष्ट्रको गौरव गर्दै गइरहेका छन्। तर लगानीको समस्या छ। यसको समस्या समाधान गर्नुपर्छ। सरकारले बजेट बढाउनुपर्छ। तर सिमित श्रोत र साधनका बीचमा उच्च परिणाम निकाल्न ध्यान दिनुपर्छ। सिमित साधन र श्रोतलाई ठिक ढंगले परिचालन गरेर नतिजा निकाल्न सकिन्छ। खेलाडीलाई रोजगारीको सुनिश्चितता गर्न सकिएको छैन। अब आइटीको ट्रेनिङ दिनसक्ने कार्यक्रम बनाउनु पर्छ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोषिमा कार्कीले युवाहरुलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्तिता हुनेगरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिइन्।

उनले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत आजसम्म कतिवटा प्रपोजल परेका छन् भन्दै प्रश्न गरिन्। उनले युवाहरु देशभित्रै देशभित्रै केही गर्न चाहेपनि मन्त्रालयमा पठाएका प्रपोजल स्वीकृत हुन ढिलाइ भइरहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .