ad ad

राजनीति


‘हिंसा’ शब्दले आज पनि संसद्‌मा हंगामा, ४ दिनपछि सर्‍यो प्रतिनिधि सभा बैठक

‘हिंसा’ शब्दले आज पनि संसद्‌मा हंगामा, ४ दिनपछि सर्‍यो प्रतिनिधि सभा बैठक

नेपालखबर
भदौ २६, २०८१ बुधबार १४:४१, काठमाडौँ

प्रतिनिधि सभा बैठक आगामी भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ। नेकपा माओवादी केन्द्रको अवरोधपछि बैठक सञ्चालन हुन नसकेको हो।

यसअघि गत भदौ १२ गते संसद्मा सम्बोधन गर्ने क्रममा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंवैधानिक नदेखिएको र रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले घोषणा गरे। 

त्यसलगत्तै प्रतिपक्षी दल माओवादी केन्द्रले गरेको अवरोधका कारण संसद् बैठक स्थगित गर्नुपरेको हो। 

नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूबीच केहीबेर संसद्मा भनाभनको अवस्था बनेको थियो।

‘माननीय सदस्यहरू, यहाँहरूले सभा सञ्चालनका लागि सहयोग गर्नुभएन। त्यसकारण आजको कार्यसूचीमा रहेका बाँकी सबै व्यहोरा हटाइएको छ,’ सभामुख घिमिरेले भने। 

उनका अनुसार, अर्को बैठक भदौ ३० गते दिउँसो १ बजे बस्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .