ad ad

राजनीति


‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसद्‌मा माओवादी केन्द्रको विरोध

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसद्‌मा माओवादी केन्द्रको विरोध

नेपालखबर
भदौ २६, २०८१ बुधबार १४:१८, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि नेकपा माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको छ। 

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली र कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए। 

लगत्तै, माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको हो।

अवरोधपछि समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानको प्रस्तावना पढेर सुनाएका थिए। ‘यो शब्द संविधानको कुन चैँ धारा, उपधारामा छ?’ उनले प्रश्न गरे।

उनले आफ्नो पार्टी बहस गर्न तयार भएको समेत सुनाए।

भट्टराईले उक्त शब्द प्रयोग गरेपछि भदौ १२ गतेको बैठकमा केहीबेर माओवादी र नेकपा एमालेका सांसदहरूबीच जुहारी नै चलेको थियो। 

योगेशले पटक पटक जनयुद्धलाई हिंसा नै हो भनेपछि माओवादी केन्द्रका सांसदहरू हितराज पाण्डे, माधव सापकोटा सुबोध लगायतले आपत्ति जनाएका थिए। 

सो विषयमा छानबिन गर्न सोही दिनको बैठकमा सभामुख घिमिरेले निर्देशन समेत दिएका थिए। 

सभामुखले उक्त शब्द रेकर्डबाट नहट्ने बताएपछि माओवादी सचेतक पाण्डेले आज पनि आपत्ति जनाएका छन्।

‘हाम्रो देशको सबैभन्दा मूल कानुन भनेको संविधान हो। संविधानमा नै जनयुद्ध, जनआन्दोलन लगायतको व्याख्या गरिएको छ। प्रस्तावनामा नै जसरी व्याख्या गरिएको छ,,’ उनले भने, ‘हिंसाको विषयवस्तु आएको छ यो कानुन विपरित छ। संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हा?’

पाण्डेको प्रतिवादमा उत्रिएका एमाले सांसद रघुजी पन्तले भने यसअघि पनि पटक पटक संसद्मा यो शब्द प्रयोग भएको भन्दै बचाउ गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .