ad ad

राजनीति


देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८१ बुधबार ८:३, काठमाडौँ

उपसभापति गुरुङमाथि लागेको सहकारीको रकम अपचलन आरोपका विषयमा छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ।

बुधबार बिहान साढे ८ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागको हो।

आजको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि लागेको सहकारीको बचत अपचलन सम्बन्धि विषयमा छलफल हुने सम्भावना छ। गुरुङमाथि संसदीय छानविन समिति र प्रतिनिधिसभामा सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ।  

त्यसैगरी उपसभामुख इन्दिरा रानालाई उपसभामुखबाट हटाउने विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्। उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस एमालेले सहमति गरिसकेका छन्। 

उपसभापति धनराज गुरुङको नाम पनि सहकारी ठगीमा मुछिएपछि नेपाली कांग्रेस अप्ठेरोमा परेको छ। 

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ सगोलमा रहँदा उनीहरूले १४ करोड ८१ लाख रूपियाँ अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समिति समक्ष बयान दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .