ad ad

राजनीति


कांग्रेस उपसभापति गुरुङको चुनौती– सहकारी प्रकरणमा ममाथि तत्काल छानबिन होस्

कांग्रेस उपसभापति गुरुङको चुनौती– सहकारी प्रकरणमा ममाथि तत्काल छानबिन होस्

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १८:३५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि सहकारी रकम अपचलनको आरोप लगाइएको स्पष्टीकरण दिएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिबन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन्। 

‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु। मेरो लागि यो सुवर्ण अवसर हुनेछ। तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय। म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु,’ उपसभापति गुरुङले भने, ‘मेरा बारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि संवद्ध निकायहरुलाई आग्रह गर्दछु। विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष सावित भएको स्मरण गराउन चाहन्छु।’

पूर्वमन्त्री समेत रहेका उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए। आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिबद्ध रहेको पनि उनले दोहो¥याए। 

‘सहकारी ठगी सम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयबस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानबिन गर्न माग गर्दछु। जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, संचालक समितिका सदस्यहरू, को–कोलाई छानबिन गर्नुपर्ने हो? तुरुन्तै छानबिन गरियोस्,’ उनले भने, ‘यदि यस विषयमा म माथि कुनै आशंका छ भने तुरुन्तै म माथि पनि छानबिन गरियोस्। कुनैपनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिक छु।’

आफूले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू र नेपाल सरकारका कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर यसै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको पनि उनले स्मरण गरे। 

‘उसैमाथि यत्रो आरोप? जसले यसै संसदमा गैरकानूनी कारोबार रोक्नका लागिथ ५ सय र हजारका आवाज उठाइरह्यो। उसैमाथि यत्रो षडयन्त्र? त्यसैले यो पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानविनको माग गर्दछु। धनराज गुरुङ खुला किताब हो। जसले जताबाट अनुसन्धान थालेपनि हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .