ad ad

राजनीति


एमालेको ९ बुँदे पत्र– सर्वोच्चको परमादेश पुनरवलोकनका लागि कानुनी प्रबन्ध होस्

सहरी विकासका लागि आवश्यक ऐन बनाउन विशेष जोड दिइरहेको छु : उपप्रधानमन्त्री सिंह
एमालेको ९ बुँदे पत्र– सर्वोच्चको परमादेश पुनरवलोकनका लागि कानुनी प्रबन्ध होस्

नेपालखबर
भदौ २४, २०८१ सोमबार १३:५८, काठमाडौँ

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आफुले नेतृत्व सम्हालेपछि विशेष जोड दिइरहेको बताएका छन्।

नेकपा एमाले सहरी विकास विभागको ९ बुँदे ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

समय बदलिए पनि अझै पुरानै ऐनहरु नै कायम रहेको भन्दै त्यसले अब काम नगर्ने भन्दै समयानुकूल ऐन बनाउने कुरामा आफ्नो जोड रहेको बताए। 

‘समय बदलिएको छ। पुरानै जमानाको ऐनले काम दिँदैन। म आइसकेपछि विकास निर्माणको कामलाई गति दिन आवश्यक ऐन बनाउने कुरामा जोड दिइरहेको छु’, उनले भने, ‘ऐन बनाउनका लागि काम भएपनि कार्यान्वयनमा जान सकिरहेको छैन। ऐन बनाउनका लागि मन्त्रिपरिषद् र संसदमा लैजाने कुरामा विशेष ध्यान दिइरहेको छु।’

उनले  सहरी विकास ऐन ल्याउने गरि मन्त्रालयले तयारी गरिररहेको पनि जानकारी गराए। 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले गाउँमा पूर्वाधारको विकास भएपनि मानिसहरु सहरमै आउन चाहिरहेको भन्दै सोे क्रमलाई रोक्नका लागि मन्त्रालयले काम गरिरहेको बताए। गाउँमा शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्दै कृषि उत्पादनको राम्रो बजारीकरणको प्रबन्ध गर्न सकिए गाउँमै मानिसहरुलाई रोक्न सकिनेमा उनको जोड थियो। 

अहिले कांग्रेस र एमालेको संयुक्त सरकार रहेको भन्दै सहरी विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए। एमाले सहरी विकास विभागले दिएको सुझावलाई अध्ययन गरेर गर्न सक्ने काम गर्ने उनले प्रतिवद्धता पनि जनाए। 

एमाले सहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङले सर्वोच्च अदालतको परमादेशले ६ लाख नागरिक विस्थापित गर्ने अवस्था आएको भन्दै प्रकृतिको सन्तुलनलाई ख्याल गरि नागरिकलाई विस्थापन नगरी नै मापदण्ड निर्धारण गरी पुनरवलोकनका लागि कानुनी प्रबन्ध गर्न ध्यानाकर्षण गराए। 

एमाले सहरी विकास विभागले बुझाएको ९ बुँदे ज्ञापनपत्रमा सहरी विकास नीति २०८०, एकीकृत सहरी विकास ऐन, काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, फोहोरमैला व्यवस्थापन ऐन, परिमार्जन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, सर्वोच्च अदालतको काठमाडौं उपत्यकाभित्रका नदि किनारमा  २० मिटरको मापदण्डका सन्दर्भमा भएको परमादेशको पुनरवलोकनका लागि कानुनी प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ। 

सर्वोच्चको सो परमादेशबारे अध्ययन गर्न सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीको संयोजकत्वमा बनेको कार्यदलले मंंगलबार प्रतिवेदन बुझाउँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .