ad ad

राजनीति


कांग्रेसले १०० दिने अभियान सञ्चालन गर्ने

कांग्रेसले १०० दिने अभियान सञ्चालन गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १३:२०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एकसय दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा बसेको बैठकले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो।

अभियानमा पार्टीका सबै तहका सांगठनिक गतिविधि सञ्चालन गरिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ।

सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन सयदिने अभियानले सहयोग  पुग्ने अपेक्षा कांग्रेसको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .