ad ad

राजनीति


संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै देउवाले भने- अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ

संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै देउवाले भने- अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १७:२७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानुन संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे। उनले अब पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टीआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छौँ। राष्ट्रपतिज्यूबाट पनि प्रमाणीकरण भइसकेको छ। अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ। त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन्।’

उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताए। गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने उनको धारणा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .