ad ad

राजनीति


एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

८७ मतान्तरले जयन्ती राई विजयी
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

नेपालखबर
भदौ १२, २०८१ बुधबार ७:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

नेतृ जयन्ती राईसँग झाँक्री पराजित भएकी हुन्। यसअघि उनी पार्टीमा सचिव थिइन्

एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै पाएकी छन्।

गएको असार तेस्रो साता भएको महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको एकीकृत समाजवादीले निर्वाचनबाट बाँकी पदाधिकारी चयन गरेको हो।

बाँकी पदाधिकारीमा सहमति हुन नसकेपछि एकीकृत समाजवादीले मंगलबार निर्वाचन गरेको थियो। 

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .