ad ad

राजनीति


एकीकृत समाजवादीका पदाधिकारी: कुन पदमा को विजयी? (मत परिणामसहित)

एकीकृत समाजवादीका पदाधिकारी: कुन पदमा को विजयी? (मत परिणामसहित)

पार्टीकाे पदाधिकारी चयनकाे लागि मदान गर्दै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल


नेपालखबर
भदौ १२, २०८१ बुधबार ७:५८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न गरेको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। 

अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्। 

एकीकृत समाजवादीनिकट अनेरास्ववियुकी अध्यक्ष आरती लामाका अनुसार मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।

त्यसैगरी सचिवमा गणेश विक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्रप्रसाद पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए। 

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो। पोलिटब्युरो सदस्यको मतगणना हुन बाँकी छ। बुधबार साँझसम्म पोलिटब्युरो सदस्यमा निर्वाचित हुनेको परिणाम पनि  सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए।

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।

पदाधिकारीमा सहमति हुन नसकेपछि एकीकृत समाजवादीले मंगलबार निर्वाचन गरेको हो। 

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ। 

कसले कति मल ल्याए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .