राजनीति


सरकारलाई सांसद श्रेष्ठको प्रश्न– जीबी राईलाई अहिले पनि प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो ?

सरकारलाई सांसद श्रेष्ठको प्रश्न– जीबी राईलाई अहिले पनि प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो ?

नेपालखबर
भदौ ८, २०८१ शनिबार १५:५४, काठमाडौँ

बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले संकटग्रस्त सहकारीका सञ्चालकहरुको सम्पत्ति खोजबिन गरेर सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने बताएका छन्। 

सांसद श्रेष्ठले संकटग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर जफत गरी सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने बताएका हुन्। उनले सम्बन्धित सहकारीहरुको भौतिक सम्पत्तिहरुको समेत छानबिन गरी बचतकर्ताहरुको रकम फिर्ता गर्न सरकार सँग माग गरे। 

सिन्धुलीको कमलामाई आयोजित  सभालाई सम्बोधन गर्दै उनले सहकारी देशको अर्थतन्त्रको एक खम्बा भए पनि सो खम्बा ठूला ब्यापारी र नेताहरूको कारण धराशायी बनेको बताए।

सरकारले संकटग्रस्त सहकारी क्षेत्रलाई पुर्नजीवन दिएर आम नागरिकमा सहकारीप्रति आशा र भरोसा जगाउनुपर्नेमा उनको जोड छ। 

फरक प्रसँगमा श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकार हुँदा कांग्रेसले जिबी राईलाई गिरफ्तार नगरेर सरकारले संरक्षण गरेको आरोल लगाएको भन्दै अहिले एमाले–कांग्रेस नै सरकारमा हुँदा किन गिरफ्तार नगरेको भनेर प्रश्न गरे। उनले ‘आज पनि जिबी राईलाई प्रचण्ड, रविले गिरफ्तार गर्न नदिएको हो ?’ भन्दै सरकारलाई प्रश्न गरे।

सरकारले सहकारी क्षेत्रलाई संविधानको मर्म अनुरूप प्राथमिकतामा राख्न नसकेको आरोप पनि लगाए। सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वय, अधिकार क्षेत्र र भूमिकाको बारेमा संसदबाटै मार्गदर्शन गर्नुपर्नेमा त्यस्तो गर्न नसकेको  सांसद श्रेष्ठले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad