राजनीति


रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु

नेपालखबर
भदौ ८, २०८१ शनिबार १६:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। केन्द्रीय कार्यालय, वनस्थलीमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो। 

अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले आन्तरिक उत्पादन अभिवृद्धिको दीर्घकालिन लक्ष्यसहित तत्कालका लागि भने स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धी देखाएर विदेशिने खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए। यो अभियान वडास्तरसम्म विस्तार गरिने जानकारी पनि दिए।

त्यस्तै, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मुलुकलाई आत्मनिर्भर बनाउन सानास्तरमा भइरहेका कामलाई एकीकृत गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानअन्तर्गत नीतिगत परिवर्तनको बहसलाई पनि सँगसँगै लगिने जानकारी दिए। शुभारम्भ कार्यक्रममा सांसदद्वय गणेश पराजुली र अशोककुमार चौधरीले संभावना भएका उत्पादनमा जोड नदिएसम्म मुलुकको आर्थिक रुपान्तरण नहुने भन्दै त्यसमै सहयोग पुर्‍याउन अभियान थालिएको बताए। 

रास्वपाका केन्द्रीय सदस्य एवं स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुख डा. प्रभात अधिकारीका अनुसार देशमा रहेका युवालाई उद्यम र श्रममा जोड्दै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता न्यूनीकरणमा राजनीतिक दलहरुले प्रत्यक्ष योगदान गर्न सक्छन् भन्ने सन्देश दिन पनि रास्वपाले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरुवात गरेको बताए।

अभियान शुभारम्भका लागि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री प्रदर्शनीमा राखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad