ad ad

राजनीति


मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई पोस्ट अप्रेसन वार्डमा ल्याइयो

मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई पोस्ट अप्रेसन वार्डमा ल्याइयो

नेपालखबर
फागुन २१, २०७६ बुधबार ९:५०,

मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरबाट पोस्ट अप्रेसन वार्डमा ल्याइएको छ।

अस्पतालका डा अरुण सायमीले प्रधानमन्त्रीलाई अप्रेसन थियटरबाट पोस्ट अप्रेसन वार्डमा ल्याइसकिएको जानकारी दिए।

धबार ४ घण्टा ४० मिनेट समय लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो। प्रत्यारोपणको १५ मिनेटमा पिसाप लागेमा प्रत्यारोपण भएको सफल मानिने भन्दै प्रत्यारोपणमा संलग्न प्राडा प्रेमराज ज्ञवालीले प्रधानमन्त्रीलाई पनि १५ मिनेटभित्रै पिसाव लागेको जानकारी दिए।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्न समीक्षा संग्रौंलाले मिर्गौला दिएकी थिइन्।

प्रधानमन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण हो। यसअघि उनको भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। बुधबार प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले काम गर्न थालेको बताइएको छ। योसँग अब प्रधानमन्त्रीसँग चारवटा मिर्गौला भएका छन्।

अहिले अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .