ad ad

अटो


फोर्ड ईकोस्पोर्ट नेपाली बजारमा

फोर्ड ईकोस्पोर्ट नेपाली बजारमा

नेपालखबर
फागुन २१, २०७६ बुधबार ९:५६,

फोर्डको बीएस ६ मापदण्डमा आधारित इकोस्पोर्ट नेपाली बजारमा सार्वजनिक भएको छ। 

फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्स प्रा.लि ले २०२० संस्करण फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको हो।

२०२० ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस ६ मा आधारित १.५ लि. डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ।

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लि. पेट्रोल ईन्जिन समावेश छ। जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्छ। पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।

जि.ओ. फोर्डले २०२० संस्करणको गाडीमा पुरानो २०१९ को मूल्यलाई नै निरन्तरता दिइएको छ। यस अनुसार २०२० फोर्ड ईकास्पोर्टको पेट्रोल गाडीको मुल्य रु. ३८.९९ लाखबाट र डिजेल गाडीको रु. ३९.९९ लाखबाट शुरु हुनेछ।

३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टीका साथ आउने यी गाडीहरु सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको छ। चालक र यात्रीको सुरक्षाको लागि ६ वटा एयरव्याग रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .