बुधबार अमेरिकी सेनाले तालिबान लडाकुमाथि हवाई आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ।
अमेरिकी सेनाका प्रवक्ताले आफूहरुले तालिबानमाथि आक्रमण गरेको बताएका हुन्।
तालिबानको आक्रमणमा परेर २० अफगानी सेनाको मृत्यु भएपछि अमेरिकाले तालिबानमाथि आक्रमण गरेको बताइएको छ।
तालिबानको आक्रमणले शान्ति सम्झौता उल्लंघन भएको अमेरिकी भनाइ छ।
गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।
सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ।
तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतबार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका थिए। तालिबान रिहाई गर्ने विषय अफगान सरकारको नितान्त व्यक्तिगत विषय भएको उनले बताएका थिए।
यो पनि।
अमेरिका र तालिबानबीच शनिबार महत्वपूर्ण सम्झौता हुँदै, युद्ध अन्त्यको संकेत
दोहामा अमेरिका(तालिबान शान्ति सम्झौता, अफगानिस्तानबाट अमेरिकी सेना फर्किंदै
तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने अमेरिकी निर्णय अफगान सरकारलाई अस्वीकार्य
सोमबार मात्र तालिबानले यदि कैदीहरू रिहा नभए अमेरिका र अफगान सरकार दुर्वैसँग वार्ता सुरु नहुने बताएको थियो।
यसबीचमा तालिबानले सरकारी फौजविरुद्ध आक्रमण सुरुवात गरेको हो। तालिबानको कारवाहीसँगै अमेरिकाले फेरि आक्रमण सुरु गरेको छ।
द्वन्द्व फेरि चर्किएसँगै अमेरिका र तालिबानको सम्झौता ओझेलमा परेको छ। आगामी हप्ता हुने भनिएको अर्को चरणको वार्ता पनि अन्यौलमा परेको छ।
सम्झौतामा अमेरिकाले आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता बोलाउने सहमति गरेको थियो। एएफपी
#BREAKING US hits Taliban with airstrikes: US military spokesman pic.twitter.com/vA6n5ErVNM
— AFP news agency (@AFP) March 4, 2020
Shares

प्रतिक्रिया