लक्ष्मी ग्रुपले हुन्डाइ ‘ओपन गल्फ टुर्नामेन्ट २०२०’ आयोजना गर्ने भएको छ। आगामी शुक्रबार र शनिबार गोकर्ण गल्फ क्लबमा आयोजना हुने उक्त गल्फ टुर्नामेन्टको बिजेतालाई हुन्डाइ आइटेन गाडी उपलब्ध गारउने ग्रुपले जनाएको छ।
नेपालका लागि हुन्डाइ गाडीको आधिकृति ब्रिकेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हरेक वर्ष यस प्रकारको गोल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ।
ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३ बाई ४ ह्यान्डीक्यापमा खेलिने ओोजकले जनाएको छ। यस टुर्नामेन्टमा नेपालका १३० गल्फ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजनले जानकारी दिएको छ।
यस टुर्नामेन्टमा टाइटल विनर, फस्ट रनरअप, सेकेन्ड रनरअप, बेस्ट ग्रोस, लेडिस विनर, सिनियर विनर, जुनियर विनर, हुन्डाइ क्याटोगरी विनर, लन्गेस्ट ड्राइभ, क्लजेस्ट टु द पिन, मस्ट बर्डिस क्याटोगरीमाा विजेता घोषणा गरिनेछ। होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान हुन्डाइ ग्रान्डी आई टेन (१०, मग्ना) गाडी प्रदान गर्ने घोषणा गरेको छ।
Shares

प्रतिक्रिया