राजनीति


तीन महिना आसपासमै कीर्तिपुर रंगशालामा फ्लडलाइट र स्कोरबोर्डको काम सकिन्छ : प्रधानमन्त्री

तीन महिना आसपासमै कीर्तिपुर रंगशालामा फ्लडलाइट र स्कोरबोर्डको काम सकिन्छ : प्रधानमन्त्री

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १७:५७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाको कार्यप्रगति हेरेर त्यसकै आसपासमा कीर्तिपुर क्रिकेट रंगशालामा फ्लडलाइट र स्कोरबोर्ड जडानको काम सकिने दाबी गरेका छन्। 

आफूले प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै ३ सय दिनभित्र कीर्तिपुर रंगशालालाई सुविधासम्पन्न बनाउने निर्णय लिएको उल्लेख गर्दै सजिलो काम नभएको स्वीकारे। 

‘यो सजिलो काम होइन, हिसाब गरेरै मैले। अझ यो स्वभाविक गतिमा जाने हो भने ३ वर्षभन्दा बढी समय लाग्छ,’ उनले भने, ‘अहिले तत्कालै फ्डलाइट, स्कोरबोर्डको बनाएर राति पनि खेल्ने अभ्यास खेलाडीहरूले थालिहाल्नुहुनेछ। केही समयभित्र। अब धेरै समय लाग्दैन। फ्लड लाइट अब ३ महिनाको कार्यप्रगति भनेका छौँ। त्यसको आसपासमा गर्नेछौँ।’

साथै, उनले त्यसका लागि २४ नै घण्टा काम सञ्चालन गर्नुपर्ने आकलन आफूहरूको रहेको पनि दाबी गरे। 

‘त्यसका लागि २४ नै घण्टा तीन सिफ्टमा काम गर्नुपर्ला भन्ने आकलनका साथ, साँच्चै मरिमेटेर लाग्ने हो भने ३ सय दिनमा सम्भव छ भन्ने हिसाब गरेर भनेको हुँ,’ उनले भने। 

बैठकमा रास्वपा सांसद निशा डाँगीले उक्त निर्णय गरेको ३८ दिन बितिसकेको भन्दै कार्यप्रगति मागेकी थिइन्।

‘३ सय दिनलाई शत प्रतिशत मान्ने हो भने आज १२ प्रतिशत काम सकिसकेको हुनुपर्ने,’ उनले भनिन्, ‘प्रगति विवरणको समेत जानकारी गराइदिनुहुन्छ?’

उनले कीर्तिपुर ३ सय दिनमा अति आवश्यक पूर्वाधार र सुविधा सहित अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्नेगरी निर्माणको तयारी गरिएको बताए।

‘रंगशालालाई ९ वटा क्षेत्रमाविभाजन गरी पूर्वाधार निर्माण गर्न कार्ययोजनातयार भएको छ। हालसम्म रङ्गशाला क्षेत्रको टोपोग्राफी सर्भे गर्ने कार्य सम्पन्नभएको छ। अवधारणा नक्सातयार गरेर संरचनाकालागि डिपिआर तयार गर्ने, खरिद प्रक्रिया र निर्माण गर्ने कार्य द्रूत प्रक्रियाबाट सम्पन्न गर्ने गरी तयारी गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad