बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार प्रदेश प्रमुख देवकोटाले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।
१६ साउन २०८१ मा प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक देवकोटाले प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरण पछि यो विधेयक ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ को नाममा रहनेछ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउँदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने मुलभूत उद्देश्यले यो विधेयक निर्माण गरिएको बताइएको छ।
Shares

प्रतिक्रिया