राजनीति


कूटनीतिमा ज्यादै चुकेका छौँ, भारतसँग सम्बन्ध सुधार्ने राम्रो अवसर : पूर्वराजदूत उपाध्याय (भिडिओ)

परराष्ट्रमन्त्रीलाई सुझाव– हल्का टिप्पणीबाट बच्नू
कूटनीतिमा ज्यादै चुकेका छौँ, भारतसँग सम्बन्ध सुधार्ने राम्रो अवसर : पूर्वराजदूत उपाध्याय (भिडिओ)

नेपालखबर
भदौ २, २०८१ आइतबार ११:३२, काठमाडौँ

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदूत उपाध्यायले नेपाल—भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताए। 

‘उहाँलाई अवसर छ। चुनौतीको पहाड नै छ। किनभने हामी कूटनीतिमा ज्यादै चुकेका छौँ। अब नचुकौँ,’ पूर्व राजदूत उपाध्यायले भने।

न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै पूर्वराजदूत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने जिकिर गरे। 

नेपाल—भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको उनको भनाइ थियो।

समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउन सके धेरै काम गर्न सकिने उनले बताए। 

कूटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिँदै उपाध्यायले विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको पनि बताए। 

‘समस्या के छन् भन्ने कुराको चुरो बुझ्नुपर्यो। समाधानका लागि इमानदारीका साथ प्रयास गर्ने, उहाँका बारेमा सामाजिक सञ्जालमा हुने टिप्पणीलाई ध्यानमा राखेर अघि बढ्नुहुन्छ भन्ने सुझाव छ,’ उनले भने।

सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई उनको सुझाव छ। 

नेपालले सम्बन्ध विस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको बताए। 

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad