बागमती


बागमती प्रदेशमा एकैदिन ५ जनाको मृत्यु

बागमती प्रदेशमा एकैदिन ५ जनाको मृत्यु

नेपालखबर
भदौ २, २०८१ आइतबार ११:३३, हेटौँडा

बागमती प्रदेशमा एकैदिन ५ जनाको मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार शनिबार विभिन्न घटनामा ५ जनाको मृत्यु भएको हो। शनिबार एकैदिन मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङमा भएका विभिन्न घटनामा परी ५ जनाको ज्यान गएको हो। 

प्रहरीका अनुसार शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ लामसुरेका ५ वर्षीय बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभान्स अर्यालको मृत्यु भएको हो। बाटो छेउमा हिँडिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। 

ठक्करबाट घाइते भएका बालकको हेटाैँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै शनिबार धादिङको त्रिशूली नदीमा पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

सिद्धलेक गाउँपालिका-६ फुर्केखोलास्थित त्रिशूली नदीमा नाम नखुलेकी एक महिला हाम फालेर बेपत्ता भएको भन्ने आधारमा खोजी गर्दा रोराङ गाउँपालिका-३ स्थित त्रिशूली नदीमा शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको बताइएको छ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी नदीको किनारमा एकजना पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शनिबार दिउँसो त्रिपुरासुन्दरी गाउँपालिका ३ जात्राथली बस्ने ५५ वर्षीय मानबहादुर बस्नेत मृत फेला परेका हुन्। गत साउन २३ गतेदेखि हराइरहेका बस्नेतको शव फेला परेको हो। पोस्टमार्टमपछि परिवारले शव बुझिलगेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिकामा ३ छिम्तीखोलामा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ। खोलाकिनारमा उत्तानो परेको अवस्थामा सडेको शव फेला परेको प्रहरीले जनाएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका-५, आलेडाँडामा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन्।

आलेडाँडाकी ३६ वर्षीया नीरा तामाङले घरभन्दा डेढ सय मिटर पर रहेको कापलको रुखमा प्लास्टिकको डोरीको पासो लगाई आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

यी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad