नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शत प्रतिशत विद्युतीकरण घोषणा हुने बताएका छन्।
शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शत प्रतिशत विद्युतीकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन्।
उनले ८ वर्षअघि करिव ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको जिकिर गरे।
‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८/९ घण्टा र सुख्खायाममा १८ घण्टा सम्म लोडसेडिङ भोग्नुपरेको कहालीलाग्दो अवस्थाबाट हाल वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत दैनिक ७०० मेगावाट भन्दा बढी निर्यात हुने अवस्थामा पुगेका छौँ,’ घिसिङले भने, ‘२०७३ सालको तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका थियौँ। प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने, आउने गरेतापनि हामी गर्वका साथ भन्नसक्छौँ लोडसेडिङ अब इतिहास भइसकेको छ।’
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ति जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको उल्लेख गरे।
वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको जानकारी उनले वार्षिकोत्सवमा गराएका छन्।
‘त्यतिमात्र होइन वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा हामी पुगेका छौँ। हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरेता पनि आयातको परिणाम क्रमशः घट्दै जानेछ। गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेर नेपालले गौरवमय इतिहास बनाइसकेको छ,’ उनले भने, ‘८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ। सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको यो नै सबभन्दा ठूलो सफलता हो। अब छिट्टै मुलुक सतप्रतिशत विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको छ।’
कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने उनले दाबी गरे।
सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको पनि उनले बताए।
Shares

प्रतिक्रिया