प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख आरोप लगाउँदै अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको समेत जानकारी दिए।
‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए,’ उनको भनाई छ, ‘शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरुलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए।’
219
Shares

प्रतिक्रिया