नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु हुने नेता लीलामणि पोख्रेलले जानकारी दिए। माओवादी स्थायी समिति बैठक शुक्रबारदेखि सुरु भएको हो।
‘हिजोको बैठकमा बोल्न बाँकी नेताहरुले आज आफ्ना धारणा राख्नु हुनेछ,’ पोख्रेले भने, ‘बैठक अरु केही दिन कन्टिन्यू जान सक्छ।’
सत्ताबाट बहिर्गमित भएको माओवादी केन्द्रले संसद्मा पार्टीको भूमिका, संगठन बिस्तारसँगै मुलुकको समग्र राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो।
हिजोको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वामपन्थी एकताको पहल अघि बढाउनु पर्नेमा जोड दिएका थिए।
42
Shares
प्रतिक्रिया