ad ad

राजनीति


भदौ ३ गते १८ औं राष्ट्रिय सूचना दिवस

भदौ ३ गते १८ औं राष्ट्रिय सूचना दिवस

नेपालखबर
साउन २४, २०८१ बिहिबार १५:४, काठमाडौँ

राष्ट्रिय सूचना आयोगले आउँदो भदौ ३ गते १८ औं राष्ट्रिय सूचना दिवस मनाउने भएको छ।

आयोगले विज्ञप्ति प्रकाशित गरी सूचनाको हक सम्बन्धी कानून कार्यन्वयनमा आएको भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाएको छ।

नेपालको संविधानको धारा २७ मा व्यवस्था गरिएको सूचनाको हक बमोजिम तत्कालीन व्यवस्थापिका–संसद्ले सूचनाको हकसम्बन्धी ऐन, २०६४ पारित गरी २०६४ साल श्रावण ५ गते प्रमाणीकरण गरेको हो।

सो ऐन प्रमाणीकरण भएको ३० औँ दिनमा प्रारम्भ हुने व्यवस्था बमोजिम २०६४ भाद्र ३ गतेदेखि कार्यान्वयनमा आएको छ।

राष्ट्रिय सूचना आयोगले भदौ ३ गते १८ औं राष्ट्रिय सूचना दिवसका अवसरमा विशेष समारोहको आयोजना गरी मनाउने निर्णय गरेको आयोगका प्रवक्ता कमला ओली थापाले जानकारी दिएकी छन्।

आयोगले नेपाली नागरिकलाई प्राप्त संवैधानिक र कानूनी अधिकारका लागि योगदान पुर्‍याएका सार्वजनिक निकाय, संघसंस्था, सञ्चारमाध्यम तथा नागरिक समाजले पनि यस दिवसका अवसरमा कार्यक्रम आयोजना गरी नागरिकलाई सूचनाको हक प्रयोग गर्न गराउन सक्षम बनाउन आह्वान पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .