ad ad

कारोबार


२ कम्पनीको सेयर कारोबारले अर्ब नाघ्यो, २० अर्बको किनबेच

२ कम्पनीको सेयर कारोबारले अर्ब नाघ्यो, २० अर्बको किनबेच

नेपालखबर
साउन २४, २०८१ बिहिबार १५:१२, काठमाडौँ

सामान्य अंकले नेप्से बढेको दिन सेयरबजारमा आज दुई कम्पनीको कारोबारले अर्ब नाघेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार शिवम् सिमेन्टको १ अर्ब २० करोड बढीको र हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोड रुपैयाँको उच्च कारोबार भएको हो। 

त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको पनि ९२ करोडको सेयर कारोबार भएको छ। यसबाहेक सोनापुर मिनरल्स एन्ड आयलको ४५ करोडको र सानिमा माई हाइड्रोपावरको ४२ करोड ५३ लाखको खरिदबिक्री भएको छ। 

योसँगै आज कुल सेयर कारोबार रकम २० अर्ब ७ करोड ४ लाख ३४ हजार पुगेको छ। 

आज नेप्से ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुग्दा ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर बिक्री भएका थिए। यसअनुसार ४ कम्पनीको मूल्य अपरिवर्तित रहँदा १५९ वटाको घटेको र ७९ वटाको बढेको छ। 

आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले कमाएका छन्। 

कर्णाली डेभलपमेन्ट बैंक,  शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रो, सोनापुर मिनरल्स, सर्वोत्तम सिमेन्टको सेयरमा सर्किट ब्रेक भएको हो। यी कम्पनीका लगानीकर्ताले क्रमशः ६१.५०, ६३.८०, ५५.७०, ७९.३०, ५२.४० र ९० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। 

आजको कारोबारमा सबैभन्दा धेरै गुमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकका लगानीकर्ता रहे। उनीहरुले प्रतिसेयर ८७ रुपैयाँ नोक्सानी व्यहोरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .