ad ad

राजनीति


एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २०, २०८१ आइतबार १४:०, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै गुटबन्दी स्वीकार्य नभएको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत उपाध्यक्षसहितका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने क्रममा उनले यस्तो बताएका हुन्। 

‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने। 

साथै, उनले गुटबन्दीको विषयलाई गम्भीर भएर मनन गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। 

‘यस्तो कुरा कति सुनिया सुनियो भन्नुहोला, यो सुनेर उडाउने कुरा होइन। मनन गर्ने कुरा हो,’ उनले भने। 

संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि ओलीले आग्रह गरे। 

लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे।

उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .