ad ad

कारोबार


बफेटको बर्कसायरले बेच्यो एप्पलमा रहेको आधा सेयर

बफेटको बर्कसायरले बेच्यो एप्पलमा रहेको आधा सेयर

नेपालखबर
साउन २०, २०८१ आइतबार १४:६, काठमाडौँ

अर्बपति वारेन बफेटको बर्कसायर हाथवेले प्रविधि कम्पनी एप्पलमा रहेको आफ्नो सेयरमध्ये आधा बिक्री गरेको छ। 

शनिबार सार्वजनिक दोस्रो त्रैमासिक आम्दानी प्रतिवेदनअनुसार आधा सेयर बिक्री गरेको हो। 

त्रैमासिकको अन्त्यसम्म एप्पलमा कम्पनीको ८४ अर्ब २० करोड अमेरिकी डलरको सेयर रहेको छ। जुन ७९ करोड कित्ताबाट घटेर ४० करोडमा झरेको छ। 

बफेट दीर्घकालीन लगानीकर्ता मानिन्छन्। एप्पलले यसबारे केही बताएको छैन। 

बर्कशायरले यसअघि भने आफ्नो एप्पलमा रहेको सेयर थोरै देखाउँदै आएको थियो। २०२३ को अन्तिम ३ महिनामा बर्कशायरले १ करोड कित्ता एप्पलको सेयर बिक्री गरेको थियो। जुन कम्पनीमा रहेको कुलमध्ये १ प्रतिशतजति हो। २०२४ को पहिलो त्रैमासिकमा कम्पनीले एप्पलमा आफ्नो सेयर हिस्सा १३ प्रतिशतले घटाएको थियो। 

बर्कसायरसँग यो वर्षको पहिलो त्रैमासिकमा १ खर्ब ८९ अर्ब डलर सम्पत्ति रहेको छ। दोस्रो त्रैमासिकमा कम्पनीले साढे ७५ अर्ब डलरको सेयर बिक्री गरेको थियो। सीएनएनबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .