नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। हनुमानथानस्थित होटल बसेरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पुगेपछि केहीबेरबाट बैठक सुरु भएको उनको सचिवालयले जानकारी दिएको छ।
बिहीबारको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय हुने बताइएको छ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।
यसअघि एमालेले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमै गर्ने गरेको थियो।
तर, च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेपछि बिहीबारको बैठक होटल बसेरामा बोलाइएको हो।
ओलीले पार्टीका बैठकहरू सरकारी निवासमा नराख्ने सुझाव आएपछि होटल बसेरामा बैठक बोलाइएको बताएका छन्।
150
Shares
प्रतिक्रिया