ad ad

राजनीति


सभामुखसँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

सभामुखसँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

नेपालखबर
साउन १६, २०८१ बुधबार १८:३, काठमाडौँ

सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाका राजदूत फेलीसिटी भोल्कले बिदाइ भेट गरेकी छन्। साढे तीन वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि बुधबार राजदूत भोल्कले सभामुखसँग बिदाइ भेट गरेकी हुन्। 

भेटमा सभामुख घिमिरेले राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेकोमा बधाई दिए। ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित हाम्रो सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा अत्यन्तै खुशी लागेको छ,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीचको उच्चस्तरीय भ्रमणमा महामहिमले प्राप्त गर्नुभएको सफलता स्मरणीय रहनेछ ।’

सभामुख घिमिरेले नेपाल र अस्ट्रेलियाबीच यसै वर्ष सम्पन्न भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गरे। सम्झौता पश्चात् व्यापार र लगानीका क्षेत्रमा थप विस्तार हुने अपेक्षा रहेको पनि उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .