ad ad

राजनीति


राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्त

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्त

नेपालखबर
साउन १६, २०८१ बुधबार १७:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ।

बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन्। 

मन्त्रिपरिषद्को सोमबारकै बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। जसअनुसार बाग्मतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार छन्। 

नयाँ प्रदेश प्रमुख नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयको सूचना

तीन प्रदेश प्रमुख पदमुक्त गरेको राष्ट्रपति कार्यालयको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .